काठमाडौँ । दक्षिण अफ्रिकासँग १ रनले हारेपछि आईसीसी टी-२० विश्वकपको सुपर ८ मा पुग्ने नेपालको सम्भावना सकिएको छ । शनिबार बिहान वेस्ट इन्डिजमा भएको समूह डीको खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले हारेसँगै नेपाल विश्वकपमा सुपर ८ को दौडबाट बाहिरिएको हो ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपाल श्रीलंकासँग भने खेल्नै पाएन । वर्षाका कारण खेल रद्द भयो । नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिका भने यसअघि नै लगातार तेस्रो जित हासिल गर्दै सुपर ८ मा पुगिसकेको छ । अब उसले समूह चरणमा अपराजित रहेर सुपर ८ खेल्नेछ ।
दक्षिण अफ्रिकाले १ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन मात्र बनाउन सक्यो । सोमपाल कामी ८ रनमा नटआउट रहे। गुल्शन झा ६ रनमा रन आउट भए । एक समय हारनजिक पुगेको नेपाली टोलीलाई सोमपाल कामीले छक्का प्रहार गर्दै जितको आशा दिलाएका थिए ।
तर अन्तिम बलमा गुल्शन रन आउट हुँदा नेपालको सुपर ८ खेल्ने सपना अधुरै रहेको हो । तेस्रो विकेटका लागि अनिल शाह र आशिफ शेखले ५० रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराए पनि हार टार्न सकेनन् । २४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका अनिल चौधौँ ओभरको चौथो बलमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका अनिल शाह २७ रन बनाउँदा एडेन मक्रमको बलमा मार्को जानसेनको हातबाट क्याच आउट भए ।
१८औँ ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीलाई ६ रनमा गुमाएको नेपालले अन्तिम बलमा आशिफ शेखलाई गुमाएको हो। ४९ बलमा ४ चौका र १ छक्का हानेका आशिफ बोल्ड आउट भए । दोस्रो ओभरको पाचौँ बलमा ओपनर आशिफ शेखले जीवनदान पाएका थिए। कागिसो रवाडाको बलमा क्याच छुट्टा जिवनदान पाएका थिए ।
त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो । आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए । सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शून्य रनमै बोल्ड आउट भए । त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो ।
आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए । त्यसअघि वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोदक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो ।
राम्रो सुरुवात गरेको दक्षिण अफ्रिकाविरुद्ध पछिल्लो समय नेपालका बलर हाबी भएका थिए । दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किए । कुशलले आफ्नो स्पेलमा १९ रन दिएर चार विकेट लिए। दीपेन्द्रले आफ्नो स्पेलमा २१ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने र अविनास बोहोरा विकेटविहीन रहे ।
दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनड्रिकले सर्वाधिक ४३ रनको योगदान दिए । दीपेन्द्रले १६औँ ओभरको तेस्रो बलमा ओपनर हेनड्रिकलाई आफैँले क्याच लिँदै आउट गराए । उनले ४९ बलमा ५ चौका र १ छक्का हाने । यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककलाई १० रन बनाउँदा आउट गरेका थिए ।
दीपेन्द्रलेले १८औँ ओभरको तेस्रो बलमा डेविड मिलरलाई ७ रन बनाउँदा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए । कुशलले १४औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए ।
त्यसअघि कुशलले नै १२औँ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए । कुशलले नै मार्को जेसन र कागिसो रवाडालाई सस्तैमा आउट गरे। दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब २७ रनमा अविजित रहे ।