नेपाली समाज चरित्र र संक्षिप्त दलित इतिहास


बसन्त परियार

        जातीय विभेद र छुवाछुत अपराधबाट कसरी मुक्ति प्राप्त गर्न सकिन्छ ? जातका आधारमा गरिने विभेद र छुवाछुत प्रथाविरुद्ध राजनीतिक र सामाजिक अभियान सञ्चालन गरिरहेका अधिकांश अभियन्तासमेत यी सवाल बुझ्न जरुरी ठान्दैनन् । अर्थात्, यी सवाल गौण ठान्दै मुक्ति आवश्यक रहेको जिकिर गर्दै आइरहेका छन् ।

     विगतमा जात (वणर्) व्यवस्था राज्यको सैद्धान्तिक, निर्देशक सिद्धान्त, धार्मिक मान्यता मात्रै होइन, बाध्यकारी वैधानिक एवं कानुनी व्यवस्था, सामाजिक—सांस्कृतिक र आर्थिक उत्पीडनको साधन थियो, हो । विश्वका राजनीति, राज्यसत्ता र शासनको साधन धर्म र धर्म शास्त्रहरू हुन्  ।

      महासभ्यताहरूमा क्रमशः पहिलो पश्चिमका पाल्पा, कास्की लगायत स्थानहरूमा अवस्थित मगर र तमु शासित राज्यहरू । दोस्रो, हालको कणर्ाली, भेरी नदी आसपासको खस साम्राज्य । त्यो स्थानमा पहिला हालका दलित समुदायको शासन रहेको इतिहास भेटिन्छ । र पछि १२ औं शताब्दीमा खसहरूले उनीहरूको सत्ता विस्थापित गरी खस राज्य स्थापना गरे ।

      जङ्गबहादुर राणाले वि.स.१९१० मा मुलुकी ऐन जारी गरी पहिलेदेखि अछुत बनाइएका दलितहरूलाई पानी नचल्ने जातका रुपमा कानुनी छाप लगाई दिएर त्यहि अनुसारको दण्ड सजायको व्यवस्था गरे । उनले छुवाछूतयुक्त वणर् व्यवस्थालाई लिखित रुपमै संस्थागत गरे ।

काठमाडौं । ई.पू. ३००० भन्दा अगाडि अर्थात् लगभग छ हजार वर्ष पहिले आर्यहरू भारत प्रवेश गरी त्यहाँका मूलतः द्रविड र आष्ट्रिक जातका मानिसहरूको सामाजिक जीवनमा हस्तक्षेप गरी आफ्नो राज्य स्थापना गरेसँगै आर्य शासित दास व्यवस्थाको थालनी भयो । आर्यहरूको जनसंख्या वृद्धिसँगै राज्यहरूको विभाजन र उनीहरूबिच युद्ध शुरू भयो । युद्धमा पराजित आर्यहरू दासमा फेरिने क्रम बढ्यो । बिजेता आर्यहरूले पराजित सबैलाई श्रमजन्य काम लगाउन थाले । ब्राम्हणले पुरेत्याँई गर्ने, ज्ञान र शिक्षा आर्जन गर्ने, क्षेत्रीले सैनिक तथा प्रशासकीय कार्य गर्ने, वैश्यले पशुपालन, खेती, व्यापार र शुद्रले श्रम, शिल्पकारी र सेवाको काम गर्ने गरी श्रम विभाजन गरियो । श्रम विभाजनको यही क्रम विस्तारै वणर् व्यवस्थामा रुपान्तरित भयो ।

यसरी श्रमको विभाजन नै विस्तारै वणर् व्यवस्थामा फेरिँदै त्यही वणर् व्यवस्थाको जगमा छुवाछूत प्रथा स्थापना हुनपुग्यो । यो छुवाछूत सहितको वणर् व्यवस्था विभिन्न कालखण्डमा नेपाल प्रवेश गर्‍यो । नेपालमा लिच्छवीहरूको शासन शुरू भएसँगै वणर् व्यवस्थाको थालनी गरियो र तत्कालिन बाग्मती उपत्यकामा चार वणर् अठार जातको स्थिति कायम गरियो । मल्ल वंशको शासनकालमा पनि बाग्मती उपत्यकामा चार वणर् चौँसठ्ठी जातमा समाजलाई विभक्त गरी छुवाछूतलाई कठोरतापूर्वक लागू गरियो ।

गोरखाका राजा राम शाहले चार वणर् छत्तीस जातको व्यवस्था कायम गरी श्रेणी विभाजनको काम गरे । शाहकालीन समयमा पृथ्वीनारायण शाहले “असिल हिन्दूस्तान” निर्माण गर्ने नारासहित आधुनिक नेपाललाई एकीकरण गरेपछि वणर् व्यवस्था सिङ्गै नेपालको शासक जातीय धर्म बन्न पुग्यो । छुवाछूतसहितको वणर् व्यवस्थामा आधारित शाह वंशीय राज्यसत्ताले दलितहरूमाथि पुरानो उत्पीडनलाई मात्र कायम गरेन अझ बढेर क्रमशः मङ्गोल मुलका जातजातीलाई समेत छुवाछूतयुक्त वणर् व्यवस्थालाई आफ्नो संस्कृतिको रुपमा अपनाउन प्रेरित र प्रशिक्षित गर्‍यो ।

जङ्गबहादुर राणाले वि.स.१९१० मा मुलुकी ऐन जारी गरी पहिलेदेखि अछुत बनाइएका दलितहरूलाई पानी नचल्ने जातका रुपमा कानुनी छाप लगाई दिएर त्यहि अनुसारको दण्ड सजायको व्यवस्था गरे । उनले छुवाछूतयुक्त वणर् व्यवस्थालाई लिखित रुपमै संस्थागत गरे । उक्त ऐनमा व्यक्तिलाई पेशाका आधारमा तागाधारी, मतवाली, छोइ छिटो हाल्नु पर्ने (पानी नचल्ने) र छिइ छिटो हाल्नु नपर्ने (पानी चल्ने) गरी विभाजन गरिएको छ । वि.स.२००७ सालको राजनीतिक परिवर्तनले शहर बजारमा केही मात्रामा खुकुलोपन ल्याएपनि दलितहरूको मुक्तिको निम्ति आधारभूत कदम चाल्न सकेन । वि.सं. २०१७ सालमा पञ्चायती प्रणाली शुरू भएपश्चात् राजा महेन्द्रले वि.सं. २०१९ सालमा हिन्दू अधिराज्य भनी किटान गरी संबिधान जारी गरे ।

वि.सं. २०२० सालमा नयाँ मुलुकी ऐन जारी गरी ऐनको अदालको १० मा छुवाछूत र जातपातको आधारमा बिभेद गर्न नपाइने उल्लेख त भयो तर त्यसो गरेमा कानुनी सजाँयको व्यवस्था नहुनाले र त्यही महलमा सनातनदेखि चलिआएको परम्परालाई भेदभाव नमानिने व्यवस्थाले त्यो प्रावधान व्यर्थ हुन पुग्यो । यसरी ३० वर्षको पञ्चायतकाल भरी दलितको आर्थिक दरिद्रता र अपमानजनक सामाजिक स्थिति कायम रही रह्यो । वि.सं. २०४६ सालको जनआन्दोलनले पञ्चायती राजनीतिक प्रणालीलाई अन्त्य गरी राजतन्त्रात्मक संसदीय बहुदलीय प्रणालीको स्थापना गर्‍यो ।
वि.सं. २०४७ को संविधानले जातपातको आधारमा बिभेद गर्न नपाइने घोषणा फेरि पनि गर्‍यो । तर हिन्दू अधिराज्यको व्यवस्था भने कायमै राख्यो । केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०४८ ले भेदभावपूणर् व्यवहार गर्ने व्यक्तिलाई दण्डनीय कानुनको व्यवस्था गरेपनि व्यवहारमा पूणर्तः लागू हुन सकेन । वि.स.२०५८ चैत्र ६ गतेको गठन आदेशबाट राष्ट्रिय दलित आयोगको स्थापना भएता पनि यसले संबैधानिक आयोगको हैसियत भने वि.सं. २०७२ सालमा संविधान जारी भए पश्चात मात्र प्राप्त गर्‍यो ।

नेपालमा वि.सं. २०६३/०२/२१ गते जातीय छुवाछूत तथा भेदभावमुक्त राष्ट्र घोषणा भई जातीय छुवाछूत तथा भेदभाव उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो । वि.सं. २०६८ मा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ लागू भई उक्त ऐनमा जातीय विभेद तथा छुवाछूत गर्नेलाई कैद तथा जरिवानाको व्यवस्था गरिएको छ । नेपालको संविधानको प्रास्तावनामै सबै प्रकारको जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चितता गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने कुरा उल्लेख भएको छ ।

नेपालमा जातीय व्यवस्थाको इतिहास केवल केही सय वर्ष मात्रै पुरानो रहेको मान्न सकिन्छ । हालको नेपाल कम्तीमा ४ देखि ५ महासभ्यताहरू सम्मिलन भई बनेको हो । नेपाल बन्दा ती राज्यहरूका भूगोल र जनता मात्रै गाभिएनन्, बरु सभ्यता र तिनका धर्म, मान्यता, भाषा, संस्कृति, अर्थ व्यवस्था, परम्परा आदि समेत सँगै जोडिएर आए । ती महासभ्यताहरूमा फरक-फरक समयमा जातीय व्यवस्था लागू गरिएका हुन् । नेपालका विभिन्न भूभागमा गरिने जातीय विभेदका पृथक् प्रकृति र मात्रामा भिन्नता हुनु त्यसको ज्वलन्त उदाहरण हुन् ।

के दलितहरुको पनि शासन थियो ?

महासभ्यताहरूमा क्रमशः पहिलो पश्चिमका पाल्पा, कास्की लगायत स्थानहरूमा अवस्थित मगर र तमु शासित राज्यहरू । दोस्रो, हालको कणर्ाली, भेरी नदी आसपासको खस साम्राज्य । त्यो स्थानमा पहिला हालका दलित समुदायको शासन रहेको इतिहास भेटिन्छ । र पछि १२ औं शताब्दीमा खसहरूले उनीहरूको सत्ता विस्थापित गरी खस राज्य स्थापना गरे । तेस्रो, काठमाडौं र आसपासको नेवाः राज्य वा सभ्यता । चौथो रहेको छ, हालको पूर्वी नेपालमा पर्ने किरात राज्य अर्थात् महासभ्यता । पाँचौंमा पूर्वी मधेश र उदयपुरका केही पहाडी भूमि समेतको सलहेश राज्य, महासभ्यता । त्यस्तै थारू समुदाय (जाति) को दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर आदि क्षेत्रमा अवस्थित थारू राज्य र मधेशका हालका बारा, पर्सा क्षेत्रमा केही समय अस्तित्वमा रहेको मुस्लिम राज्य लगायत धेरै सभ्यता सहितको मुलुक नै हालको नेपाल राज्य-राष्ट्र हो । उक्त इतिहासको निरन्तरता स्वरुप विगतदेखि हालसम्म नेपालमा चार खम्बे जातीय समुदाय अर्थात् ‘राजनीतिक शक्ति’ अस्तित्वमा रहेको देखिन्छ ।

दलित समुदाय अन्त कतैबाट यहाँ ल्याइएको र अछूत बनाइएको वा अन्य मुलुकका अछूतहरूलाई यहाँ ल्याइएको होइन । नेपालमा तीन प्रकारका मूलवासी समुदाय पाइन्छन् । पहिलो -आदिवासी, दोस्रो – जनजाति र तेस्रोः दलित । संयुक्त राष्ट्रसंघ, आईएलओ १६९ ले आदिवासी र जनजातिका सम्बन्धमा पृथक् व्याख्या गरेको छ । (हे. आईएलओ १६९) दलित समुदाय समेत मूलवासी समुदाय हो । पहिलो आधार, नेपालका विभिन्न राज्यहरूले विभिन्न मितिमा भारतबाट ब्राह्मण पण्डितहरू बोलाई जातीय व्यवस्था कायम गरेको इतिहास छ । त्यस घटनाभन्दा अघि नेपालका कुनै पनि राज्यमा कुनै एक जना व्यक्ति पनि ब्राह्मण र अछूत थिएन । हालका दलित, अछूत बनाइएकाहरू सबै छूत थिए । धेरै जाति शासक थिए । दोस्रो आधार, सुदूरपश्चिम, कणर्ाली र कास्कीमा समेत हालका दलित समुदायको शासन रहेका राज्यहरू थिए । तेस्रो आधार, हाल पहाडका धेरै दलित समुदायको शारीरिक बनोट, थर, गोत्र, नाक, आँखा आर्य वा खस समुदायसँग मिल्छन् ।
नेपाल एकिकरण कस्तो ?

सन् १७६९ मा गोर्खा अधिराज्यको नाम परिवर्तन गरी ‘नेपाल अधिराज्य’को विधिवत् स्थापना भयो । गोरखाली राजा पृथ्वीनारायण शाहले १७४४मा नुवाकोट, १७६६मा कीर्तिपुर, १७६८ मा कान्तिपुर र भक्तपुर तथा १७६९ मा ललितपुर विजय गरी ‘नेपाल अधिराज्य’को स्थापना गरे । अनि नेपालको मुख्यालय गोरखाबाट काठमाडौँ सर्‍यो । यद्यपि त्यो एकीकरण अभियान रोकिएन बरु अन्यत्र फैलियो । हालको नेपाल पृथ्वीनारायण, उनका सल्लाहकार र गोरखाली फौजको देन हो । उनले ४ जात ३६ वणर्को नेपाल भने । तथापि उनको नेपाल एकीकरण अभियानपूर्व नै नेपालका विभिन्न राज्यमा वणर्-व्यवस्था लागु भई छुवाछूत प्रथासमेत व्यवहारमा आइसकेको थियो । किनभने हालको नेपाल ५ देखि ७ राज्यहरू र तिनका पृथक सभ्यताहरू मिलेर बनेको महासभ्यतासहितको मुलुक हो । ती पृथक राज्यका अलगअलग मूल्य-मान्यता, जात व्यवस्था, भाषा, धर्म, सामाजिक-सांस्कृतिक, राजनीतिक र आर्थिक व्यवस्था र सभ्यता विद्यमान थिए ।

पृथ्वीनारायणले विजय प्राप्त गरेका २४ मध्ये एक मगर राजालाई सार्की (अछूत) मा जात च्युत गरी बनेको थर मग्राती सार्की जातिको एक थर अझै चलनचल्तीमै छ । पाल्पा मुख्यालय भएको गण्डकी राज्यमा मगरहरूको सत्ता रहेकै बेला वणर्-व्यवस्था लागु भई छुवाछूत व्यवहारमा समेत लागु भइसकेको थियो । भारतीय बाहुनहरू मगर राज्यमा प्रवेश गरी हिन्दु धर्मसत्ता जमाउन थालिसकेका थिए । हालसम्म पनि अन्य आदिवासी जनजातिहरू भन्दा मगरहरू शाह राजाहरूसँग निकट र जात व्यवस्थामा कट्टर व्यवहार देखाउने भेटिन्छ भने धार्मिकरूपमा पनि न हिन्दु न बौद्ध, ढुलमुले जस्तो देखिन्छ । यद्यपि मगरको आफ्नै भाषा, लिपि, संस्कार र संस्कृतिसहित ठूलो जनसंख्या रहेको छ । त्यस्तै जुम्लाको सिँजा मुख्यालय भएको खस राज्य पनि २२ राज्यमा टुक्रियो जसलाई बाइसी राज्य भनिन्थ्यो । हालका दलित समुदायको ऐतिहासिक उद्गम र शासित भूमि मानिएको जुम्ला (भेरी) सभ्यता र कणर्ाली सभ्यतापछि चल्ल हुँदै मल्ल बन्न पुगेका खसहरूले कब्जा गरी राज्य गरेका थिए। किनभने पश्चिममा छालाका पैसा चल्तीमा रहेको, भुल राजा आदि लगायत भेरी नदीको नाम दमाईँ जातिले बजाउने भेरी बाजाको नामबाट र कणर्ाली नदीको नाम कणर्ाल बाजाको नामबाट राखिएको आदि प्रमाणहरूका कारण यो दाबी पुष्टि हुन्छ ।

बिसे नगर्चीः ऐतिहासिक व्यक्तित्व
पृथ्वीनारायण बिसे नगर्चीलाई नाटक, कविता, शालिक आदिको माध्यमबाट चर्चाको चुलीमा पुर्याइँदै आएको छ । त्यसैले उनी कतै साहित्यिक विधाको पात्र मात्रै त होइन भन्ने भ्रम पनि पर्न जान्छ । तर, बिसे नगर्ची पृथ्वीनारायण शाहको समयमा भएका विभिन्न युद्धहरूको मोर्चामा सक्रिय एक योद्धा पनि थिए भन्ने ऐतिहासिक तथ्य विभिन्न स्रोतहरूमा पाइन्छ । नेपाल एकिकरणका क्रममा एकपछि अर्को हार वेहोरिरहेको बेला पृथ्वीनारायण शाह निकै दुखित थिए । काठमाडौं राज्यको समेत राजा बन्ने सपना बनाएका शाहले मुख्यतः आर्थिक अभावका कारण हात हतियार किन्न सकिरहेका थिएनन् । पैसाकै कारण तुहिन लागेको राज्य एकिकरण प्रक्रियालाई सार्थक रुप दिन बिसे नगर्चीले गोरखा राज्यका जनतासंग एक एक रुपैया पैसा लिने सल्लाह दिए । र आफुले एक रुपैया दिएर सुरुवात गरे । नेपाल एकिकरणको महान अभियानमा उनले आर्थिक सल्लाह मात्र दिएनन् सिपाहीको रुपमा समेत काम गरे ।

उनी १८०१ सालमा नुवाकोटको युद्धमा तीनघारेतिरबाट बढेको युद्धमोर्चामा पृथ्वीनारायण शाहका साथ सामेल थिए । गोरखालीहरूले असोज १५ गते नुवाकोट जित्दा विजयोत्सवमा बिसे नगर्चीले नगरा घन्काउँदा उनलाई बानादार दमाई र मणिराम गाइनेले साथ दिएका थिए । विसं १८१२ मा साउनमा लमजुङसँग सिरानचोकमा गोरखालीको युद्ध हुँदा त्यहाँ पनि बिसे नगर्ची सक्रिय थिए । युद्धमा गोरखालीको जीत हुँदा हारेका लमजुङे सैन्य अधिकारीहरूको अपमान गर्न बिसे नगर्चीको धोती टाँगेर उनीहरूलाई धोतीमुनि छिर्न लगाई बेइज्जत गरिएको ऐतिहासिक प्रसङ्ग भाषा वंशावलीमा पढ्न पाइन्छ ।

अहिले पनि बिसे नगर्चीका सन्तति गोरखामा रहेका छन् । उनीहरूसँग बिसे नगर्चीको नाम उल्लेख भएको रुक्का सुरक्षित रहेका छन् । तीमध्ये १८४६ माघ सुदी १५ मा जारी रुक्कामा “केही जग्गा जमिनको जागिर विस्याको नाउमा गयाको रहेछ, त्यो जग्गा उसैको छोरो दुब्ल्यालाई बक्स्यौँ” भन्ने प्रसङ्ग परेको छ । यसअनुसार बिसे नगर्चीको छोराका नाम दुब्ल्या अर्थात् दुब्ले रहेको देखिन्छ । यस्ता ऐतिहासिक स्रोतहरूबाट पनि बिसेलगायतका ऐतिहासिक व्यक्तित्वहरूको छुट्टै इतिहासको खोजी गर्न सकिन्छ ।

जङ्गबहादुरको दृष्टिमा दलित

दलित उत्पीडित समुदायको इतिहासको खोजीका क्रममा तत्कालीन शक्तिशाली प्रधानमन्त्री जङ्गबहादुर राणाको एक अभिव्यक्तिलाई गम्भीरतापूर्वक नियाल्नु जरुरी छ । दलितहरूको सीप, श्रम र सिर्जनाका बारेमा जङ्गबहादुर गम्भीर र संवेदनशील थिए । उनले दलित समुदायको महत्वलाई बुझेका थिए । यसबारेमा उनले आफू बेलायत भ्रमणका बेला यता कार्यवाहक प्रधानमन्त्री रहेका आफ्ना भाई बमबहादुरलाई आफ्नै हस्ताक्षरमा लेखेको पत्रलाई उदाहरणका रूपमा लिन सकिन्छ । त्यसबेला उनले आफ्ना भाइलाई लेखेको पत्रमा कामी, सार्की, दमाई, कर्मीहरूको जागिर नखोस्नू भन्ने आदेश दिएका छन् । पत्रमा “कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि बिग्रन्छ । कारखाना पनि बिग्रन्छ । कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस् । यिनलाई खोस्नु बडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन्” भन्ने परेको छ । यताबाट हेर्दा दलित उत्पीडितले थोरै ज्याला लिएर धेरै र राम्रो काम गर्ने भएकोले उनीहरूको जागिर खोसिदिँदा कारखाना चल्न नसक्ने र त्यस्तो काम गर्नु विवेकसम्मत नहुने धारणा जङ्गबहादुरको रहेको देखिन्छ ।

दलित उत्पीडितहरूको श्रम र सीपले सामान्य नागरिकको दैनिक जीवनमा उपयोग हुने सामग्रीको आपूर्ति त हुन्थ्यो नै, अझ जङ्गबहादुरको समयमा स्वचालित उपकरणहरूको विकास भइनसकेको अवस्थामा हातैले काम गरेर सैन्य प्रयोजनका हतियार कारखाना चलाउनुपर्ने अवस्था थियो । हतियारका लागि फलामको काम अनिवार्य हुन्थ्यो । यस्ता कारखानामा छालाको काम पनि अनिवार्य थियो । त्यसैले त्यसबेला मेगेजिन अड्डा नाम दिइएको हतियार कारखानामा आरन फाँट र सार्की फाँट हुन्थ्यो । सैनिकहरूका लागि जङ्गी पोशाक तयार गर्न दमाईहरूको श्रम र सीपको प्रयोग हुन्थ्यो । त्यसबेला सरकारबाट कर उठाउनका लागि जारी भएका ऐतिहासिक कागजपत्रहरूमा कम्पु तथा मेगेजिन करबारे उल्लेख छ । कम्पु भनेको सैनिक पल्टन हो भने मेगेजिन अड्डा भनेको हतियार कारखाना हो । यस्तै पुराना कागजपत्रहरूमा सार्कीको पलेटी, कामीको ताल, दमाईको सुजेरो भन्ने पनि उल्लेख गरिएको पाइन्छ । यी सबै दलित तथा उत्पीडित समुदायका श्रमिकहरूले गर्ने कामहरू हुन् । दलित तथा उत्पीडित समुदायको श्रम र सीपलाई राम्ररी नियालेका जङ्गबहादुरले हचुवाको भरमा कामी, सार्की, दमाईको जागिर नखोस्नू, उनीहरूको जागिर खोसिए इलम पनि बिग्रन्छ, कारखाना पनि बिग्रन्छ भनेका होइनन् ।

जातीय विभेद र छुवाछुत अपराधबाट कसरी मुक्ति प्राप्त गर्न सकिन्छ ? जातका आधारमा गरिने विभेद र छुवाछुत प्रथाविरुद्ध राजनीतिक र सामाजिक अभियान सञ्चालन गरिरहेका अधिकांश अभियन्तासमेत यी सवाल बुझ्न जरुरी ठान्दैनन् । अर्थात्, यी सवाल गौण ठान्दै मुक्ति आवश्यक रहेको जिकिर गर्दै आइरहेका छन् । विगतमा जात (वणर्) व्यवस्था राज्यको सैद्धान्तिक, निर्देशक सिद्धान्त, धार्मिक मान्यता मात्रै होइन, बाध्यकारी वैधानिक एवं कानुनी व्यवस्था, सामाजिक—सांस्कृतिक र आर्थिक उत्पीडनको साधन थियो, हो । विश्वका राजनीति, राज्यसत्ता र शासनको साधन धर्म र धर्म शास्त्रहरू हुन्  ।

साध्य भने राज्यसत्ता, शक्ति, सम्पत्ति र राजनीति हुन् । उदाहरणका लागि हाम्रो पूर्वीय दर्शनको यथेष्ट ऐतिहासिक तथ्य, प्रमाण उपलब्ध छैनन् । पौराणिक कथाहरू, जो प्रायः मिथकीय कथा हुन्, तिनै हाम्रा इतिहाससमेत हुन् । पाप र धर्म नै अपराध र न्यायको रूपमा विकसित भए । अर्थात्, पाप लाग्ने कार्य भन्नु गैरकानुनी वा अपराध कर्म हो । धर्म वा पुण्य कर्म भन्नु आधुनिक जमानामा न्यायिक वा वैधानिक कार्य हो । स्मरणीय के भने शासकले आफुअनुकूल धर्म र पाप अर्थात् न्याय र अपराधको सिद्धान्त र नियम निर्धारण गरे । तिनलाई कडाइसाथ लागू गरे । जस्तै- वेद, मनुस्मृति आदि शास्त्रीय पुस्तक नै तत्कालीन कानुनका रूपमा लागू गरिए ।

‘वणर्ाश्रम व्यवस्था वणर्मा आधारित छ । वणर्को अर्थ रङ नै हो । रङ पुस्तान्तरणसँगै बदलिन सक्छ, तर यो वणर्ाश्रम व्यवस्था बदलिँदैन । किनभने यो व्यवस्था जन्मको आधारमा निर्धारण गरिएको छ । जस्तै- कालो वणर्को व्यक्तिको सन्तान गोरो र गोरो वणर्को व्यक्तिको सन्तान कालो वणर्को हुन सक्छन् । तर, शूद्र वणर्को सन्तान शूद्र, ब्राह्मण वणर्को सन्तान ब्राह्मण नै हुन्छ । यहाँ सन्तानको रङ बदलिएजस्तो वणर् व्यवस्था बदलिँदैन । किनभने वणर् व्यवस्था जन्मका आधारमा निर्धारित हुन्छ, कर्म वा अन्य आधारमा होइन ।’ श्रीमद् भागवत् गीताका अनुसार स्त्री, वैश्य र शूद्रको पापयोनीबाट जन्म भएको हो । वणर्ाश्रम व्यवस्थामा स्त्रीको स्थानसमेत शूद्रकै स्थानमा राखिएको छ । स्त्री वा महिलालाई भूमिसँग तुलना गरिनुका दुइटा कारण छन् । पहिलो, महिलामा सन्तान उत्पादन गर्ने क्षमता हुनुका कारण हो । भूमि वा पृथ्वीमा कुनै अनाज वा कुनै वनस्पतिको बीज झारियो भने उम्रिएजस्तै स्त्रीको कोखमा कुनै पुरुषको वीर्य पर्‍यो भने सन्तान उत्पादन गर्ने अद्भूत क्षमता राख्छन् । दोस्रो कारण भने सामूहिक बसोवासको कालखण्डमा स्त्रीलाई बेलगाम जोकोही पुरुषले भोग गर्न पाउने नियम थियो । त्यसैले शास्त्रहरूमा ‘वीर भोग्या वसुन्धरा’ अर्थात् जो पुरुष ताकतवर छ, उसले महिलालाई बलपूर्वक नियन्त्रणमा लिई भोग गर्न सक्छ । स्त्रीलाई कुनै वस्तु वा सामानजस्तै दान गर्ने प्रचलन पनि यही सिद्धान्तमा आधारित छ ।


सम्बन्धित खवर