अस्मिता भण्डारी, कार्यवाहक अध्यक्ष, विश्व हिन्दु महाँसघ अन्तराष्ट्रिय
यस दौरानमा थुपै आरोह अवरोहहरु आए । विश्व हिन्दु महासंघको पक्षमा भएको यो फैसलाबाट अब पूणर्रुपमा झमेलाहरू टुंगिएका छन् । पटकपटकको न्यायिक परीक्षणमा सधैं जित हासिल गरे पनि परीक्षा भने दिइरहेका थियौं । यस्तो विषम परिस्थिति र असहज अवस्थामा अकाट्य भएर महासंघको पक्षमा न्यायिक अभियानमा साथ दिने कानून व्यवसायीहरुले साथ दिनुभयो । सम्मानित उच्च अदालत पाटनबाट ४ वटा र जिल्ला अदालत काठमाडौंमा गरि जम्मा ५ वटा मुद्दामा निरन्तरको सफलताले संस्थाको र मेरो समेत आत्मसम्मानलाई न्याय मिलेको छ । अध्यक्षको लागि महाधिवेशन गर्ने अधिकार मलाई दिइएको हो, विभिन्न जालझेल झमेलाहरु र मुद्दा मामिलाका कारण अधिवेशन गर्ने वातावरण बनेको थिएन । अब सम्पूणर् मुद्दा मामिलाहरु टुंगिएको हुँदा निकट भविष्यमा नै महाधिवेशन गर्ने कार्यमा हामी जुट्ने छौँ ।
काठमाडौं । एक ताकाकी पत्रकार थिईन्-अस्मिता भण्डारी । २०६२,०६३ को राजजीनिक जनआन्दोलनपछि उनी हिन्दु धर्म अभियान्ता, सामाजिक तथा राजनीतिक आन्दोलनमा लागेकी हुन् । मान्छे सफलतामा पुग्न उसले गर्ने काम र कर्ममा भर पर्छ । सकारात्मक सोच र कर्मले नै मान्छेलाई सफलताको शिखरमा पुर्याउँदछ । यस्तै उतारचढावबाट अघि बढिरहेकी भण्डारीको जन्म पहाडी जिल्ला तेह्रथुममा भएको भएतापनि उनी सानै छँदा बुबा आमा झापा झर्नु भएको बताउँछिन् । त्यसपछि उनको बाल्यकाल अनि शिक्षा- दिक्षा झापा जिल्लाबाट नै भयो ।
उनी भन्छिन्, म सानै उमेरदेखि स्पष्ट बोल्ने र जिज्ञासु स्वभावको थिएं । साथै, अतिरिक्त क्रियाकलापमा समेत अब्बल थिएं । बाजेहरु संम्भ्रान्त (गन्यमान्य) थिए । बुबाको पालामा आईसकेपछि पारिवारिक मेलमिलापको अभावमा संरक्षर गर्न सक्नुभएन । तर पनि सबै कुराहरु राम्रो ढंगले अघि बढिरहेको छ । हाम्रा बाजेहरुले तेहथुममा धेरै सामाजिक काम गरेका थिए । बुबा एक शिक्षक हुनुहन्थ्यो, त्यसकारण पनि परिवारमा आफ्ना छोराछोरी पढाउनुपर्छ भन्ने सोच हुने नै भयो । तर मेरो शिक्षा-दिक्षा, संस्कार र रेखदेख आमाले गर्नुभएको हो । बुबा शिक्षित हुनुहुन्थ्यो त्यो प्रेरणा र प्रभाव मलाई पनि पर्यो ।
बुबालाई नै म एक आदर्शको रुपमा लिन्छु, उहाँबाट धेरै अघिबढ्ने साहस पाएं । आमा हक्की स्वभावको हुनुको साथै आध्यात्म र सामाजिक चिन्तक समेत हुनुहन्थ्यो । आमाको सामाजिक प्रभाव मलाई पनि पर्यो । आमाको १४ वर्षको उमेरमा विवाह भएको रहेछ, सायद पढाई लेखाई नभएकैले घरपरिवारमा हेपिएको रहेछ, जुन कुरा मैले पछि मात्र थाहा पाएं । यसरी २०४९ मा एसएलसी पास गरिसकेपछि आइए झापा र बिए पास सुनसरीको इटहरीमा रहेको जनता क्याम्पस (२०५४) बाट गरें । स्कूल तथा कलेज पढ्दै गर्दा राजनीतिक दलका विभिन्न संगठन बन्थे, बनाईरहेका हुन्थे । त्यसरी सुरुमा म पनि अनेरास्ववियुमा लागें । तर त्यो कुन विचार, वामपन्थी की प्रजातान्त्रिक केही थाहा थिएन । त्यसरी नजानिदो तरिकाले राजनीतिमा लागें । किनकी पुर्वमा त्यतिबेला वामपन्थीहरुको राम्रो प्रभाव थियो ।
एसएलसी दिईसकेपछि कलाकारिता र कम्प्युटर सिक्ने क्रममा गुरुहरुले देश र जनताको मान्छे बन्नुपर्छ, काम पनि त्यसरी नै गर्नुपर्छ, हामी पार्टी र वादको पक्षमा लाग्नु हुदैन भन्ने इत्यादि कुराले मलाई छोयो । त्यसरी २०५१ सालदेखि नै राजनीतिक सक्रियता छोडिदिए र आजसम्म कुनै पार्टीमा लागेको छैन । आज एक अभियान्ताको रुपमा काम गरिरहेको छु र त्यहि भन्न रुचाउँछु । यसो भनिरहदा मैले घमण्ड भने गरेको होईन । यो सफलता र नजिर मेरो मात्र नभएर समग्र महिलाहरुको हो । अब आगामी दिनहरुमा पनि अन्य दिदीबहिनीहरुको लागि पनि अवसर प्रदान गरेको छ, तर सकारात्मक काम भने सबैले गर्नै पर्छ ।
देश एउटा व्यवस्थामा गईसकेको छ, तपाईहरु हिन्दु अधिराज्य हुनुपर्छ भन्दै हुनुहुन्छ, अब त देश समृद्धिको पालो होईन ? भन्छिन्, परिवर्तन भईरहन्छन् र हुनु पनि पर्छ । तर नेपाल हिन्दु अधिराज्य हुनुको विकल्प छैन । जहां पनि राजनीतिले गाँजेको अवस्था रहेको छ । हाम्रो पहिचान हिन्दु हो, यसलाई जोगाउन र स्थापित गर्न हामी सबै लान्नू पर्दछ ।
विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय ४४ ओटा देश धर्मावलम्बीहरुको प्रतिनिधिमुलक संस्था हो । ४५ वर्ष पुरानो यस संस्था स्व. राजा विरेन्द्र र योगी नरहरिनाथ मिलेर स्थापना गर्नुभएको हो । हिन्दु धर्ममा सहिष्णुता छ, त्यसैले त यति धेरै प्रहार हुँदा पनि सहनशील रहेको छ । हिन्दु धर्मले मूख्यतः त दुई ओटा कुरा गरेको छ, नर र नारी । विभिन्न असमानता र विभेदका कुरा त व्यक्तिहरुले ल्याएका हुन् । व्यक्तिले गर्ने क्रियाकलापलाई समग्र धर्मसंग जोड्न मिल्दैन । बरु विकृति विसंगति हटाउन तिर लाग्नुपर्छ । हिन्दु धर्म भन्ने वित्तिकै राजसंस्था स्वतः जोडिन्छ नै ।
एउटा प्रसंग कोट्याउ, मैले कान्तिपुर रेडियोमा काम गर्दा त्यतिखेर कान्तिपुर रेडियो र क्लासिक एफएम मात्र थियो । पत्रकारितासंगै म धार्मिक गतिविधिहरुमा पनि सक्रिय थिएं । विश्व हिन्दु महांसंघ अन्तराष्ट्रियमा आजभन्दा झण्डै दुई दशक पहिल्यै जोडिएको थिएं । म काठमाडौं जिल्लाको कार्यसमिति सदस्य, जिल्ला सभापति, राष्ट्रिय समितिको सदस्य, केन्द्रीय सदस्य, सचिव र महासचिव निर्वाचित हुंदै हाल कार्यवाहक अध्यक्ष भएर काम गरिरहेको छु । महासंघको इतिहासमै महिलाहरुको तर्फबाट त्यति ठुलो जिम्मेवारी पाएको मैले नै हुं ।
यस दौरानमा थुपै आरोह अवरोहहरु आए । विश्व हिन्दु महासंघको पक्षमा भएको यो फैसलाबाट अब पूणर्रुपमा झमेलाहरू टुंगिएका छन् । पटकपटकको न्यायिक परीक्षणमा सधैं जित हासिल गरे पनि परीक्षा भने दिइरहेका थियौं । यस्तो विषम परिस्थिति र असहज अवस्थामा अकाट्य भएर महासंघको पक्षमा न्यायिक अभियानमा साथ दिने कानून व्यवसायीहरुले साथ दिनुभयो । सम्मानित उच्च अदालत पाटनबाट ४ वटा र जिल्ला अदालत काठमाडौंमा गरि जम्मा ५ वटा मुद्दामा निरन्तरको सफलताले संस्थाको र मेरो समेत आत्मसम्मानलाई न्याय मिलेको छ । अध्यक्षको लागि महाधिवेशन गर्ने अधिकार मलाई दिइएको हो, विभिन्न जालझेल झमेलाहरु र मुद्दा मामिलाका कारण अधिवेशन गर्ने वातावरण बनेको थिएन । अब सम्पूणर् मुद्दा मामिलाहरु टुंगिएको हुँदा निकट भविष्यमा नै महाधिवेशन गर्ने कार्यमा हामी जुट्ने छौँ । तसर्थ, सो कार्यको तयारीका लागि एकजुट भई अगाडि बढ्न म सबैमा विनम्रताका साथ आह्वान गर्दछु ।
राजनीतिक आन्दोलन त एजेन्डाका लागि हुन्छन् । यही हो त राजनीतिक परिवर्तन र इमानदारिता ? म प्रश्न गर्न चाहान्छु- के २०६२, ६३ को जनआन्दोलनमा हिन्दु अधिराज्य हटाएर धर्म निरपेक्षता र राजसंस्था हटाउने एजेन्डा थियो त थिएन नि । आफ्नो धर्म परम्परा र हिजो राष्ट्रिय निर्माता एकिकरण शक्ति तथा कर्म गरेर आएको राजसंस्थालाई निषेध गरेर समृद्धिको सपना देख्नु दिवा सपना मात्र हो । म पत्रकारिता तथा कलाकारितामा लागिरहेको मान्छे, यहि कुराले पोलेर त यस एजेन्डामा लागेको हुं । अरु कुनै स्वार्थ नराखी मुलुकको लागि लागि बोलेका हौ, अभियानमा लागेका हौं ।
परिस्थितिले अहिलेको राजनीतिक व्यवस्था विपरित खडा भएका छौ, एक धार्मिक अभियान्ताको रुपमा हाम्रो मान्यता सनातनदेखि चलिआएको हिन्दुधर्म जो ८४ प्रतिशत हिन्दु धर्मावलम्बी तथा ९४ प्रतिशत ओमकार परिवार रहेका छन् । त्यसलाई जोगाउने अभियानमा लागिरहेका छौं । राजसंस्था, अखण्ड नेपाल साथै हाम्रो धर्म, परम्परा, भुगोल र नेपाल निर्माणको परम्परागत मुल्य मान्यतामा गौरव गर्नुपर्छ भन्ने हो । विश्व हिन्दु महासंघ अन्तराष्ट्रियको मान्यता पनि त्यहि हो ।
वर्तमान संविधानले पुरानो र परम्परागत शक्तिमाथि प्रहार गरेको छ । त्यसैले देशमा अनुशासनहिनता बढेर गएको छ । विगतमा होली वाईनले प्रश्रय पायो । देशनै टुक्राउनुपर्छ भन्ने शक्तिहरु जुर्मुराएका छन् । सुसासनको अभावमा भ्रष्टाचार मौलाएको छ । बलात्कारका घटना बढिरहेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन । स्मंरण रहोस, केही वर्ष अघि मात्र अमेरिकी १४ पेज लामो नेपाल सम्बन्धी प्रतिवेदन मार्फत नेपाललाई इसाईकरण गर्नुपर्ने, पशुपति मन्दिर नजिकै इसाई धर्मावलम्बीहरुको लास गाड्न पाउनुपर्ने जस्ता एजेण्डा अघिसारेको छ । तपाईले भने जस्तै देशको पछिल्लो राजनीतिक परिवर्तन पछि गाउँ-गाउँमा हजारौको संख्यामा चर्च खुलेका छन् । यसले हाम्रो धर्म परम्परालाई कहाँ पुर्याउला ? त्यसैले म भन्छुकी, यो सरकार पुरै विदेशी घेराबन्दीमा रहेको छ ।
घेराबन्दी त अझै रोकिएको छैन । बंगलादेशमा भईरहेको हिन्दुहरु माथिको आक्रमणप्रति विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आरक्षण ब्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले उग्र प्रदर्शन गर्दै बगंलादेशका हिन्दु समुदाय माथि गरेको हिंसात्मक गतिविधि अत्यन्तै निन्दनीय र बर्बरतापूणर् रहेको उक्त घटनाप्रति बिश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि हाल घटनाले उग्ररुप लिईरहेको विज्ञप्तिमा भनिएको छ । हिन्दु मठ, मन्दिर ,पसल र घरहरुमा आक्रमण गरिएको खवरले संसारभरिका हिन्दुहरु दुखित हुनपुगेका छन् । करिब सवा करोड हिन्दु बिरुद्धको यो हमला बंगलादेशी हिन्दुहरुमाथिको मानव अधिकार बिरुद्धको हमला हो ।
बंगलादेशका निर्दोष हिन्दु समुदायमाथिको अन्यायका बिरुद्ध संसारभरिका सम्पूणर् हिन्दु ॐकार परिवार एकजुट भई आवाज उठाउन अनुरोध गर्दै अल्पसंख्यक जनताको संरक्षणका लागि संवेदनशिल हुन बंगलादेश सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । त्यसैगरी विश्व हिन्दु महासंघले आफ्नो बंगलादेशमा रहेको च्याप्टर र त्यहाँका सम्पूणर् हिन्दुहरुलाई विपत्तिको घडीमा एकजुट भई सुरक्षित रुपमा रहन र उक्त हिंसात्मक घटनाबाट सजग हुन समेत अनुरोध छ ।
बंगलादेशका हिन्दुहरुमाथि विगतमा पनि हिंसात्मक गतिविधि भईरहेको स्मंरण गर्दै महासंघकी अध्यक्ष अस्मिता भण्डारीले भनिन् धर्म मान्न पाउनु मानिसको नैसर्गिक अधिकार हो, अल्पसंख्यामा रहेका हिन्दु धर्मावलम्बी बंगलादेशी नागरिकहरु माथि धेरै ठूलो अत्याचार भईरहेको छ । उनीहरु माथिको यो मानव अधिकार बिरुद्धको गम्भीर घटना हो । हिन्दुहरुका लागि नेपाल सरकार र भारत सरकार पनि उदार हुन जरुरी छ । ज्यान जोगाउनका निम्ति नेपाल र भारत दुवै देशमा आउन चाहाने बंगलादेशका हिन्दु दाजुभाइ तथा दिदीबहिनीहरुलाई शरण दिनुपर्छ । संसारभरिका सम्पूणर् हिन्दु धर्मावलम्बी ॐकार परिवार, मानव अधिकार कर्मी तथा बंगलादेशी सेना र सरकार एकजुट भई बंगलादेशका हिन्दु दाजुभाइ तथा दिदीबहिनीहरुको मानव अधिकारको संरक्षणका लागि गम्भीर हुन अनुरोध गर्दै उक्त घटनाप्रति गम्भीरताका साथ अग्रसर हुन नेपाल सरकारलाई समेत अनुरोध गर्न चाहन्छु ।