
काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधारीलाइ अध्यक्ष चयन गरेको छ । पार्टी संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाएको हो ।
लालवीर रेशमका बुबा हुन् । यसअघि हिजो रेशमले श्रीमती रञ्जिता चौधरीलाई अध्यक्षबाट बर्खास्त गरेका थिए । लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुन्।
अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यो निर्णयमा पुगेको बताए । उनले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए । चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नराखेको बताए ।
उनले भने, ‘उहाँलाई हामीले टाढा राखेका छैनौं। अहिले पनि भनेको थियौं यहाँ आएर आफ्नो कुरा राख्नुस् भनेर, उहाँलाई पार्टीले धेरै पर राखेका छैन। एउटा निकासको लागि मात्रै अघि बढेको छ।’